Trending :
 

एमाले सचिवालय बैठक बालकोटमा सुरु

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको हो ।
 
बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच विधेयकलाई निष्कर्ष पुर्‍याउने सहमति भएको थियो । आजै सत्तारुढ गठबन्धनको पनि बैठक बस्दैछ ।