Trending :
 

९२ वटा वडाको सिमाना हेरफेर गरिदिन सामान्य प्रशासनलाई प्रस्ताव

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं ।
विभिन्न स्थानीय तहले ९२ वटा वडाहरुको सीमा हेरफेरको प्रस्ताव गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहरुले निर्णयका लागि भन्दै यस्तो प्रक्रिया पूरा गरेर प्रस्ताव पठाएका हुन् ।
 
स्थानीय सरकार सञ्चालन ऐन–२०७४मा सम्बन्धित वडाको सिफारिसमा वडाको सिमाना र संख्या हेरफेर गर्न स्थानीय तहको गाउँ वा नगर सभाको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ । तर सरकारले अहिलेसम्म यस्ता प्रस्तावमा निर्णय गरेको छैन ।
 
नेपाल सरकारले गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सिमाना र संख्या निर्धारण गर्ने व्यवस्था छ । वडाको संख्या निर्धारण गर्दा नेपाल सरकारले गाउँपालिकामा कम्तीमा ५ र बढीमा २१ वडा तथा नगरपालिकामा कम्तीमा ९ र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
 
जनसंख्या तथा जनसंख्या वितरणको अवस्था, भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता, सेवा सुविधा वितरणको अवस्था र सुगमता, विद्यमान भौतिक पूर्वाधारका आधारमा यस्तो सिमाना हेरफेर गर्न सकिने व्यवस्था छ ।