Trending :
 

प्रचण्डले अप्रत्यासित कदम चालेको एकीकृत समाजवादीको प्रतिक्रिया

फाल्गुण २१,२०८०

-आस्था न्यूज

फागुन २१, २०८० काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्रत्यासित कदम चालेको बताएको छ ।

कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।

बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बैठकले ठहर गरेको बताए । एकीकृत समाजवादीले अप्रत्यासित घटना घटेकाले धेरै विषयहरु सार्वजनिक हुन बाँकी रहेको भन्दै नयाँ मन्त्री आएपछि पुराना मन्त्री स्वत विदा हुने बताएको छ । साथै सो पार्टीले आफ्ना मन्त्रीहरुलाई नयाँ मन्त्री आउनुअघि नै मन्त्रालयमा गएर विदा हुन निर्देशन दिएको छ ।