नयाँ गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डाको विषयमा छलफल हुने
-आस्था न्यूज
फागुन २२, २०८० काठमाडौं ।
नयाँ सत्ता-गठबन्धनमा मन्त्रालय भागबन्डाका लागि छलफल सुरु भएको छ। मन्त्रालयको टुंगो लगाउन मंगलबार दिउँसो २ गठबन्धनको बैठक बस्न लागेको छ।
गठबन्धनबाट नेकपा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन्।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।
सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए।