१६ वर्षपछि आमिर र दर्शिलको सहकार्य

फाल्गुण २२,२०८०

-आस्था न्यूज

फागुन २२, २०८० काठमाडौं ।
अभिनेता दर्शिल सफारीले फिल्म ‘तारे जमीन पर’बाट पहिचान पाएका थिए । उनलाई आज पनि दर्शकले ‘ईशान’का रुपमा सम्झन्छन् । उनले अभिनेता आमिर खानसँग काम गरे र आजसम्म पनि दर्शिल आफूलाई आमिरको नजिकको मान्छे मान्छन् ।
 
दर्शकहरु आमिर र दर्शिलको जोडीलाई पुनः एकपटक हेर्न लामो समयदेखि चाहिरहेका थिए । अब १६ वर्ष पछि उनीहरु एक विज्ञापनमा सँगै देखिँदैछन् । दर्शिलले आफ्नो इन्स्टाग्राममा आमिरसँगको एक तस्वीर साझा गरेका छन् । सोमबार उनले इन्स्टाग्राममा आमिरसँगको आफ्नो तस्वीरवाला एक कोलाज राखेका थिए । कोलाजमा ‘तारे जमीन पर’को र अहिलेको तस्वीर छ ।
 
तस्वीरमा आमिरलाई फरक रुपमा देखाइएको छ । ‘बुम, १६ वर्षपछि हामी पुनः एकसाथ छौं । यो थोरै भावनात्मक र आरोपित हुनेछ । यो अनुभवका लागि मेरो मनपर्ने गुरुलाई धेरै माया । ठूलो खुलासाका लागि बनिरहेका छौं । चार दिन बाँकी’, उनले लेखेका छन् ।
 
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले आमिर र दर्शिलको तस्वीरलाई आमिरको नयाँ फिल्म ‘सितारे जमीन पर’को लागि सहकार्यको रुपमा अनुमान लगाएका छन् ।