जारी टी-२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो दास्रो विकेट
-आस्था न्यूज
फागुन २२, २०८० काठमाडौं ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । १९ बलको सामना गरेका उनलाई माइकल लेभिटले क्याप्टेनको हातबाट क्याच आउट गराए । क्याप्टेन पौडेल आउट हुँदा २५ रन बनाएका थिए ।
यसअघि २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ११ ओभर सकिँदा दुई विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ ।