Trending :
 

इरानमा दुई दिनमा दुई वटा भूकम्प

मंसिर २७,२०७४

-

मंसिर २७,२०७४ तेहरान ।
 
इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसोे र बुधबार बिहान भूकम्प गएको छ । मङ्गलबार दिउसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । 
 
स्थानीय समयानुसार मङ्गलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए । त्यसै गरी बुधबार गएको भूकम्पमा परी ५५ जना घाइते भएका सरकारद्वारा सञ्चालित आइआरआइबि टेलभिजन च्यानलले जनाइएको छ । 
 
यी दुवै भूकम्पको केन्द्रंविन्दु होजाक सहरमा नै भएको भएता पनि मङ्गलबार गएको भूकम्पको पराकम्पन नभएर बैग्लै भूकम्प भएको भूगर्भशास्त्रीहरुले जनाएका छन् । यो दुबै भूकम्पबाट हालसम्म मानवीय र भौतिक सम्पत्तिको क्षतिको भने समाचार प्राप्त नभएको जनाइएको छ । 
 
भूकम्पको धक्कापछि आजसम्म यहाँको जनजीवन निकै प्रभावित भएको जनाइएको समाचार संस्थाहरुले बताएका छन् । भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका छन् । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहेकोे बताइएको छ ।