मुम्बई इन्डियन्सलाई पराजित गरेको दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
-आस्था न्युज
फागुन २३, २०८० काठमाडौं ।
वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो ।
जवाफमा मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रनमात्रै बनायो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले आक्रामक सुरुआत गरेको थियो । ४.३ ओभरमा ४८ रन बनाउँदा पहिलो विकेटको रुपमा दिल्लीले सेफाली बर्मालाई गुमायो । बर्माली १२ बलमा २८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरिन् । कप्तान मेघ लेनिङलाई साथ दिन आएकी एलेस केप्सीले सम्हालेर खेल्दै २० बलमा १९ रन जोडिन् । उनी आउट हुँदा दिल्लीको स्कोर ७९ रन रहेको थियो ।
तेस्रो विकेटको रुपमा कप्तान मेघ नै आउट भइन् । उनी अर्धशतकीय पारिका साथ क्रिजबाट विदा भइन् । उनले ३८ बल फेस गर्दा दुई छक्का र छ चौका प्रहार गरिन् । चौथो विकेटको रुपमा मरिजान कापले ११ रन बनाएर आउट हुँदा दिल्लीले १५१ रन बनाएको थियो । अन्तिमसम्म क्रिजमा रहेकी जेमिमाह रोड्रिगेजले ३३ बलमा ६९ रनको नटआउट पारि खेले पछि दिल्लीले मुम्बई इन्डियन्स सामु चुनौतिपूर्ण लक्ष्य दिएको हो । यस्तै, जेस जेनसेन ४ रनमा नटआउट रहिन् । मुम्बईका लागि सबनम इस्माइलन, साइका इसहाक, पुजा बस्त्राकर, हेले म्याथ्युज सबैले एक एक विकेट लिए ।
विशाल लक्ष्य पछ्याएर मैदान उत्रिएको मुम्बईको सुरुआत नै खराब रह्यो । लगातार विकेट पतन हुँदा जित निकाल्न असफल भयो । यास्तिका भाटिका जम्मा ६ रन बनाएर आउट भइन् । त्यसपछि नाट सेभरले ५ रन जोड्दा कप्तान हरमनप्रित कौरले ६ रन बाहेक दोहोरो अंक बनाउन सकिनन् । कौर आउट हुँदा मुम्बईले २९ रनमा तेस्रो विकेट गुमाएको थियो ।
चौथो विकेटको रुपमा ओपनर हेले म्याथ्युज २९ रन बनाएर आउट हुँदा मुम्बई दबाबमा आएको थियो । मुम्बईको त्यसपछि पनि लगातार विकेट गर्यिो । एमिला केरले २० बलमा १७ रन बनाएर पाँचौ विकेटको रुपमा पभेलियन फर्किइन् । अमजोत कौरले २७ बलमा ४२ रन बनाउँदै टिमलाई खेलमा फर्काउने प्रयास गरिन् । सातौं विकेटको रुपमा पुजा बस्त्राकर १७ रन बनाएर आउट हुँदा हुमारिया काजी ६ रनमा पभेलियन फर्किइन् । सजीवन साजनले १४ बलमा नटआउट २४ रनको पारि खेल्दा पनि हार टरेन ।
मुम्बईको मिडिल अर्डर ध्वस्त पार्ने क्रममा दिल्लीकी जेस जेनसनले सर्वाधिक तीन विकेट लिइन् भन्े मारिजान कापले २ विकेट हात पारिन् ।
जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ५ मध्य चार खेलमा जित निकाल्दै ८ अंक बनाएको छ । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर रहेको छ । उनको ६ अंक रहेको छ भने मुम्बई इन्डियन्सको पनि समान ६ अंक रहे पनि रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ । युवी वारियर्स ४ अंकका साथ चौथो स्थानमा रहँदा गुजरात जायन्टसले खाता पनि नखोली पुच्छारमा रहेको छ ।