किसानको समर्थनमा नाना पाटेकर

फाल्गुण २३,२०८०

-आस्था न्युज

फागुन २३, २०८० काठमाडौं ।
भारतमा भइरहेको किसान आन्दोलनमा बलिउड स्टार नाना पाटेकरले समर्थन जनाएका छन् । उनले किसानको समर्थन गर्दै सरकार चयनको प्रसंग उठाएका छन् । 
 
किसानमाथि राज्यले गरेको ज्यादतीको विरोध गर्दै उनी हरेक समय किसानको पक्षमा हुने गरेका छन् । यसपटक पनि उनले किसानको समर्थन गरेका हुन् । 
 
‘पहिला ८०–९० प्रतिशत किसान थिए, अहिले ५० प्रतिशत छन् । अब सरकारसँग केही नमाग्नु । कसको सरकार ल्याउने हो, तय गर्नु । म राजनीतिमा जान सक्दिनँ किनकी जुन पेटमा छ, त्यही मुखमा आउँछ । उनीहरु मलाई पार्टीबाट निकाल्छन् । पार्टी फेर्दाफेर्दा एक महिनाको अवधिमा सबै पार्टी सकिन्छन्,’ उनले भनेका छन् । 
 
‘यहाँ हाम्रा किसान दाजुभाईसँग हृदयको कुराकानी गर्न सकिन्छ । जसले हामीलाई जहिल्यै खान दिन्छन्, उसलाई कसैको वास्ता छैन भने तपाईंलाई हामी किन वास्ता गर्ने सरकार ?’,उनले अगाडि भनेका छन् ।
 
‘यदि आत्महत्या नै गरें भने पनि आगामी जन्म किसानकै रुपमा जन्म लिन्छु, किसानले कहिल्यै पनि म किसानका रुपमा जन्म लिन चाहन्छु भन्दैन । हामी जनावरको भाषा बुझ्छौं, के तिमीलाई समय हुँदै किसानको भाषा बोल्न आउँदैछ ?’ उनले प्रश्न गरेका छन् ।
 
नाना आफूलाई किसानको ठूलो हितैषी मान्छन् । उनले पहिला पनि किसानले बारम्बार गरिरहेको आत्महत्याप्रति अफसोस जनाएका थिए । उनले एक संस्था बनाएर किसानका पक्षमा काम पनि गरिरहेका छन् । उनले आत्महत्या गरेका किसानका १ सय ८० विधवालाई जनही १५ हजार रुपैंयाँ सहयोग गरेका थिए ।