Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

फाल्गुण २५,२०८०

-आस्था न्यूज

फागुन २५, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
यूरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसा तोकिएको छ । 
 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।