क्यानडामा साथीको छुरा प्रहारबाट ६ जना रुममेटको हत्या

फाल्गुण २५,२०८०

-आस्था न्यूज

फागुन २५, २०८० काठमाडौं । 
क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ । राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीलाई आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन् । हत्या गर्नेे १९ बर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ ।
 
ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सले फाब्रिसियो डे-जोयसा भनेर चिनिने अभियुक्तले मानिसलाई धारिलो हतियारले आक्रमण गरेको बताए । उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ । 
 
मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको बताए । जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन् । साथै परिवारका आफन्त अर्का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । के कारणले ती विद्यार्थीले हत्या गरे भन्ने खुलेको छैन ।