Trending :
 

नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैनः सभापति देउवा

फाल्गुण २५,२०८०

-आस्था न्यूज

फागुन २५, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए । 
 
‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्,’ उनले भनेका छन्, ‘महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’
 
उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा महिलाहरूको योगदान र नेतृत्व रहेको बताएका छन् ।