Trending :
 

एमाले सचिवालयको बैठक बस्दै

फाल्गुण २५,२०८०

-आस्था न्यूज

फागुन २५, २०८० काठमाडौं । 
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । 
 
च्यासलस्थित केन्द्रीय कार्यालयमा अहिले विहान ९ बजेबाट बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जनाएका छन् । 
 
बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुने एमालेले जनाएको छ । 
 
११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।