Trending :
 

पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

फाल्गुण २५,२०८०

-आस्था न्यूज

फागुन २५, २०८० काठमाडौं । 
आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइदैछ । 
पशुपतिनाथमा विहान २ बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् । शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
तस्बिरः बिजेन अमात्य/नेपाल न्यूज बैंक