Trending :
 

आज अमेरिकी डलर स्थिर हुँदा पाउण्डको भाउ बढ्यो

फाल्गुण २६,२०८०

-आस्था न्यूज

फागुन २६, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज (शनिबार)को लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । 
 
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ ।
 
युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ । 
 
शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो ।  
 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा तोक्दा बिक्री दर १७० रुपैयाँ ३२ पैसा पुगेकोछ छ ।
 
हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९ रुपैयाँ ३९ पैसा कायम थियो । 
 
आज कतारी रियाल हिजोको तुलनामा स्थिर छ  । रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।