बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने

फाल्गुण २६,२०८०

-आस्था न्यूज

फागुन २६, २०८० काठमाडौं । 
बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । यसपटक उनी चुनाव लड्ने छैनन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकि थिइन् ।
 
उनी २७ वर्षसम्म संसदको तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन् । थेरेसा मे अहिले ६७ वर्षकी भइन् । उनी सन् १९९७ देखि कन्जरभेटिभ पार्टीकी सांसद थिइन् र बर्कशायर सिटबाट सात पटक निर्वाचित भइन् । उनले जुन २०१६ मा भएको जनमतसंग्रह पछि संसद मार्फत ब्रेक्सिट सम्झौताका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
 
यो घोषणासँगै उनी आगामी चुनावमा भाग नलिने घोषणा गरेका कन्जरभेटिभ पार्टीका करिब ६० सांसदमा सामेल भइन् । पूर्व क्याबिनेट मन्त्रीहरू बेन वालेस, साजिद जाभिद, डोमिनिक राम र क्वासी क्वार्टेङले आगामी चुनावमा भाग नलिने घोषणा यसहघि नै गरिसकेका छन् ।