चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२४’को उपाधि

फाल्गुण २७,२०८०

-आस्था न्यूज

फागुन २७, २०८० काठमाडौं । 
७१ औं संस्करणको ‘मिस वल्र्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।
 
क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।
 
प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।
 
यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङ थिए ।