Trending :
 

माधव नेपाललाई पार्टी एकिकरण गर्न केपी ओलीको आग्रह

फाल्गुण २७,२०८०

-आस्था न्यूज

फागुन २७, २०८० काठमाडौं । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् । 
 
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई बालुवाटार  र नेपाललाई उनकै निवास कोटेश्वरमा ओलीले भेटेका हुन् । दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ। 
 
नेपालसँग भने पार्टी एकता हुँदै वाम एकताबारे छलफल भएको ओली निकट एक नेताले बताए । नेताहरूबिच  राष्ट्रियसभा अध्यक्ष निर्वाचनबारे पनि कुरा भएको छ । नेपाली काग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकारले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको छ ।  सत्ता गठवन्धनमा हाल बहुमत रहेपनि त्यसमा तलमाथि नहोस् भनि रणनीति बनाउनुपर्नेमा तीन अध्यक्ष सहमत भएको ती नेताले दावी गरे । 
 
माधव नेपाललाई पार्टी एकिकरण गर्न ओलीको आग्रह 
 
एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकिकरणाका लागि आग्रह गरेका छन् । नेपाललाई भेट्न उनकै निवास कोटेश्बर पुगेको ओलीले अवको आवश्यकमा वामपन्थीहरुको एक ठाउँमा हुनु भएकाले अलग पार्टी भन्दा एकै ठाउँमा हुन आग्रह गरेका थिए । 
 
लामो समय एमाले र कम्युनिष्ट आन्दोलनलाई नेतृत्व दिएकाले फेरीपनि एक भएर अघि बढ्नका लागि ओलीले प्रस्ताव गरेका थिए  । नेकपा एस एमालेसँगै  विभाजन भएको थियो । आपसमा विभाजन र मतभेद हुदाँ समग्र एमाले र कम्युनिष्टप्रति नै असर परेको भन्दै अव अलग अलग नभई एक भएर अघि बढ्ने समय आएको महशुस भएकाले प्रस्ताव राखेको ओलीले भनेका थिए । 
 
माधव नेपालले जवाफमा विगतमा जे प्रश्न उठाएर आफूहरु अलग भएको हो त्यो अझै बाकी रहेकाले सच्चिने अवस्था भएमात्र यसमा छलफल हुने बताए ।
 
उनले आफू अलग अलग दल बनाएर हिड्ने मनसायमा नभएपनि  पार्टीभित्रको पेलाइ र अपमानका कारण बाहिरएको र त्यो सुधार हुने हो भने छलफल हुन सक्ने बताएका थिए ।