Trending :
 

एमालेलाई अहिलेको गठबन्धन टिकाउने ठुलो चुनौती छः उपमहासचिव ज्ञवाली

फाल्गुण २८,२०८०

-आस्था न्यूज

 फागुन २८, २०८० काठमाडौं ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्। नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्व परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले बाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समीकरण बनेको दाबी गरे।
 
उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्यासित आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रुपमा रहेको समेत स्वीकार गरे।
 
उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्सन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए।