सर्लाहीमा बसको ठक्करबाट साइकलयात्री घाइते
-आस्था न्यूज
फागुन २८, २०८० काठमाडौं ।
सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते भएका हुन् ।
महतोलाई थप उपचारका लागी हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
ठक्कर दिएपछि बस स्थानीयले बस जलाउने प्रयास गरेका छन् । घटनास्थलमा तत्काल प्रहरी पुगेर बसमा लगाएको आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । प्रहरीले अर्को सवारीको सहयोगमा तानेर ग।२ ख १४४० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याएका छन् ।
बसका चालक फरार छन् । चालकको पहिचान खुलेको र खोजी कार्य भइरहेको ज्ञवालीले बताए ।