Trending :
 

लिखित सहमति नभए प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एकीकृत समाजवादीको निर्णय

फाल्गुण २८,२०८०

-आस्था न्यूज

फागुन २८, २०८० काठमाडौं ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।
 
सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए। उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए।
 
उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए।