लण्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै

फाल्गुण २८,२०८०

-आस्था न्यूज

फागुन २८, २०८० काठमाडौं ।
बेलायतको लण्डनमा आगामी जुनमा दोस्रो ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ हुने भएको छ । थर्ड आई लिमिटेडले आयोजना गर्ने यो महोत्सव एक सातासम्म चल्नेछ ।
 
आगामी जुन ९–१५ मा हुने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए । 
 
‘बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संस्कृतिको प्रवद्र्धन हुनेमा हामी विश्वस्त छौं । हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म देखाउने छौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पु¥याउनेछ । साथमा, नेपाली कला संस्कृतिलाई पनि प्रवद्र्धन गर्नेछ,’ उनले भने ।
 
देवकोटाले महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी नेपालीलाई थाहा हुने र नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजारसमेत विस्तार हुने दाबी गरे ।
 
थर्ड आईका अनुसार करिब ४० जना हाराहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु महोत्सवमा सहभागी हुनेछन् । आयोजकले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने दाबी गरेको छ । जसबाट १० वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ ।
 
आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने जनाएको छ ।