Trending :
 

राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं । 
राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । 
 
मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका सांसद हुन् । सभामा ५६ सांसद उपस्थित थिए । उनलाई एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । 
 
यस्तै, प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा पराजित भएका छन् ।  शर्माको पक्षमा जम्मा १७ मत खसेको राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले सुनाइन् । शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।
 
तर, शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नै सभाले निर्वाचन पूर्व नै अस्वीकृत गरेको थियो । मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपनि उनको नाम अस्वीकृत भएको हो ।