Trending :
 

उपनिर्वाचनमा उम्मेदवार उठाउने जनमतको निर्णय

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं । 
सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
 
पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम-२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ ९१० मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको हो ।
 
बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए ।
 
यस्तै सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय पनि जनमत पार्टीले गरेको छ ।