Trending :
 

सात हजार घूस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं ।
बाँके जिल्ला सव-डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
 
काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सहायक वन अधिकृत  पार्धेलाई नियन्त्रणमा लिएको हो ।  
 
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै जरिवाना र सजाय मागदाबी लिइ मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।