Trending :
 

फारवेष्ट पशुपति गौरीगंगा गोल्डकपको फाइनलमा

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं ।
फारवेष्ट पशुपति युवा क्लब कैलालीको गौरीगंगामा जारी चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० को फाइनलमा पुगेको छ । 
 
लिक्मा खेल मैदानमा मंगलबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक गौरीगंंगा ११ स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फारवेष्ट पशुपति फाइनलमा पुगेको हो । 
 
निर्धारित समय दुवै टोलीले गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरमा पुगेको थियो फारवेष्ट पशुपतिका लागि विवेक शाही, पवन थापा र दीपेश ओलीले पेनाल्टीलाई गोलमा परिणत गर्दा शिशिर केसीको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो भने रोहित बोहोराको प्रहार गोलपोष्टमा लागेर फर्कियो । गौरीगंंगा ११ स्पोर्टस क्लबका लागि सुरज थापाले मात्रै गोल गर्न सके । 
 
निर्मल बलको प्रहार फारवेष्टका गोलरक्षक अमानत शेखले बचाए । हरिश भट्टको प्रहार गोलपोष्टमा लागेर फर्किदा टोप विष्टको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका फारवेष्ट पशुपतिका गोलरक्षक अमानत शेख म्याच अफ द म्याच घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।
 
बिहीबार हुने प्रतियोगिताको फाइनलमा फरवेष्टले स्टार सिटी युवासँग पाधिका लागि खेल्ने भएको छ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउने छन ।
 
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएका छन् ।