Trending :
 

प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड

फाल्गुण २९,२०८०

-आस्था न्यूज

फागुन २९, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ । संघमा दलीय गठबन्धनको  समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ ।
 
यस विषयमा मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित बैठक गरेको हो । बैठकमा कांग्रेसले  प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी सहमहामन्त्री जीवन परियारले बताए । 
 
उनले भने, ‘प्रदेशहरूमा जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ । यसमा केन्द्रले पनि सहयोग गर्नेछ । सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ ।’
 
सहमहामन्त्री परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए ।