Trending :
 

धोकेबाज भन्नु स्वीकार्य हुँदैनः प्रचण्ड

फाल्गुण ३०,२०८०

-आस्था न्यूज

फागुन ३०, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोकेबाज भन्नु स्वीकार्य नभएको बताएका छन् । 
 
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको बताए । 
 
उनले भने, ‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस्तो लाग्छ । सबैलाई धोका होईन, सबैको भलाई भएको छ । प्रचण्डले पटक पटक त्याग गरेर पनि गरेको छ । धोकेबाज भन्नुहुन्छ तपाईहरु, यो स्वीकार्य छैन् ।’ 
 
यस्तै, उनले मत दिनको लागि सबै स्वतन्त्र रहेको भन्दै राजनीतिक दललाई ठिक लागे मौका दिन आग्रह गरेका छन् । 
 
उनले भने, ‘हामी सबै स्वतन्त्र नै छौं । दबाब दिएर हुने हो र ? कतिपयले भन्छन् पैसाको चलखेल भनेर । मैले एक पैसा कसैलाई कुनै रुपमा पनि चलखेल हुन दिएको छैन् । तपाईको विवेक, राजनीतिक दल, नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एकपटक फेरि मौका दिंदा ठिक हुन्छ ।  दिनु लाग्दैँन् नदिनु र प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले देशको हित हुँदैन् ।’