कुवेतमा भएको सडक दुर्घटनामा परी ३ जना नेपालीको मृत्यु
-आस्था न्यूज
चैत १, २०८० काठमाडौं ।
कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी(साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।
कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेको नेपाली दुतावासले पुष्टी गरेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक (५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार (३ धनुषाका धिरज गुर्मछान मगर छन् ।
मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन् । उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत रहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिए ।
कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए । कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए ।
गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई एक स्थानीय नागरिकले हुइकाएर चलाएको कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै निधन भएको हो । उमाकान्त पाण्डे