तत्कालीन सेन्चुरी बैंकका सीइओसहित १० जना दैनिक हाजिरीमा रिहा
-आस्था न्यूज
चैत १, २०८० काठमाडौं ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीइओ तुल्सीराम गौतमसहितका १० जना छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई ‘दैनिक हाजिरी’मा रिहा गर्ने निर्णय गरेको छ ।
प्रारम्भिक अनुसन्धान सकेर आरोपीहरूलाई दैनिक हाजिरीमा रिहा गर्न गर्ने निर्णय गरिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।
माघ १५ मा प्रहरीले देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डीजाईजन र मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सेन्चुरीका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, दुई जना तत्कालीन सीइओ, कर्मचारीहरू दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेत छन् ।