Trending :
 

चैत दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

चैत्र ०२,२०८०

-आस्था न्यूज

चैत २, २०८० काठमाडौं ।
चैत दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने
 
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत दोस्रो सातादेखि काठमाडौंका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने तयारी गरिरहेको छ।
 
विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेश कुमार केशरीका अनुसार काठमाडौंको ३२ वटै वडा कार्यालयहरूबाट परिचयपत्र कार्ड वितरण गर्ने गरी तयारी भइरहेको छ।
 
पछिल्लो समय सर्वसाधारणहरूले कार्ड वितरणमा ढिलाई भएको गुनासो गरिरहेका छन्। परिचयपत्र कार्ड जिल्ला प्रशासन कार्यालयहरूबाट वितरण हुन्छ। यसरी प्रशासन कार्यालयहरूबाट मात्रै कार्ड वितरण गर्दा समय लाग्ने र सर्वसाधारणहरू कार्ड लिन उपस्थित नहुने समस्या देखिएपछि विभागले वडास्तरबाटै कार्ड वितरण गर्ने योजना बनाएको हो।