Trending :
 

सरकार र लघुवित्तपीडितबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर

चैत्र ०२,२०८०

-आस्था न्यूज

चैत २, २०८० काठमाडौं ।
सरकारले आन्दोलनरत लघुवित्तपीडितसँग ६ बुँदे सहमित गरेको छ। सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
 
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुन अनन्तले बुधबार समिति गठन गरेका थिए। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाइएको थियो।