काठमाडौंमा जापानी चलचित्र महोत्सव जारी
-आस्था न्यूज
चैत ३, २०८० काठमाडौं ।
काठमाडौंमा जापानी चलचित्र महोत्सव सञ्चालन भएको छ। शुक्रबार सुरु भएको महोत्सव आजसम्म चल्नेछ।
हरेक वर्ष मार्च १५ मा मनाइने ‘जापान डे’ को अवसर पारेर जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा जापानी चलचित्र महोत्सव गरिएको हो। महोत्सव जापानिज ल्याङवेज टिचर्स एसोसियएन नेपाल (जाल्टान) को सहयोगमा गरिएको हो। महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिनेछन्।
महोत्सवमा पहिलो दिन दुई चलचित्र प्रदर्शन गरिएको र आज दोस्रो तीन चलचित्र प्रदर्शन गरिने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए। उनले यो महोत्सव नितान्त जापानिज भाषा र साहित्यलाई प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको उनले बताए।
अङ्ग्रेजी ‘सबटाइटल’सहित राष्ट्रिय नाचघरमा ‘कि अफ लाइफ, टाइम स्कुप हन्टर, सिओरी, नेको निन्जा, कामोमी डिनर’ नामका चलचित्र प्रदर्शन गरिनेछन्।