Trending :
 

सांसद मन्जु अन्सारीको निधन, प्रतिनिधि सभाबाट निधनप्रति शोक प्रस्ताव पारित

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ । जनता समाजबादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रबक्ता मनिस सुमनले जानकारी दिए ।
 
जनता समाजबादी पार्टीका तर्फबाट तात्कालिन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछी पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन्  ।
 
२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।
 
उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनी २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी थिएन । 
 
प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
 
आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।