Trending :
 

मिडियालाई राष्ट्रिय सेवामुलक उद्योगसरह मान्यता दिन्छौंः प्रधानमन्त्री

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडियालाई राष्ट्रिय सेवामुलक उद्योगसरह मान्यता प्रदान गर्ने आश्वासन दिएका छन्। उनले मिडियालाई संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति नै रहेको समेत बताए।
 
प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने उल्लेख गरे।