भृकुटीमण्डपमा जारी पुष्प मेलामा ४० हजार भन्दा बढीले गरे अवलोकन

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
काठमाडौँको भृकुटीमण्डपमा जारी पुष्प मेलाको ४० हजार भन्दा बढीले अवलोकन गरेका छन् । गत बिहीबारबाट सुरु भएको २५ औँ फ्लोरा एक्पोमा करिब ८३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का कार्यक्रम संयोजक जंग बहादुर तामाङले बताए । 
 
आज साँझसम्म जारी रहने सो फ्लोरा एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान छ । चार दिनमा करिब एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
 
फ्यानको आयोजना तथा पुष्प विकास केन्द्रको सह-आयोजनामा सो मेला आयोजना गरिएको हो । 
 
मेला अवलोकनकर्ताले सर्वसाधारणले १५० रुपैयाँ र विद्यार्थीले १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजकले उल्लेख छ । 
 
सो मेलामा फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा , अफिसियल स्टल ८ वटा,  प्रतियोगितात्मक प्रदर्शनी १ स्टल र १ वटा फुड स्टलसहित जम्मा ७३ वटा स्टल रहने फ्यान उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।