Trending :
 

इलामको उपनिर्वाचन बहिष्कार गर्ने किरात मोर्चाको घोषणा

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।
 
मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ ।
 
कोशी नाम खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ । 
 
इलाम–२ मा वैशाख १५ गते निर्वाचन गर्ने सरकारको तयारी छ । उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।