Trending :
 

‘संवाहक’का लेखकहरुमा स्तरीयता आवश्यक’

चैत्र ०४,२०८०

-आस्था न्यूज

चैत ४, २०८० काठमाडौं ।
मानव अधिकार आयोगले आइतबार ‘संवाहक’का लेखहरुको पुनरावलोकन सम्बन्धी संवाहकका लेखक तथा पत्रकारहरुसँग छलफल गरेको छ । 
 
काठमाडौंमा आइतबार एक कार्यक्रमको आयोजन गर्दै मानव अधिकार आयोगले नेपाली तथा अंग्रेजी भाषामा लेखिने संवाहकको पुनरावलोकनका विषयमा छलफल गरेको हो । 
 
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा लेखिने संवाहकहरुले अन्तर्राष्ट्रिय स्टान्डर्डलाई टेक्नेगरी लेखिनुपर्नेमा जोड दिए । 
 
नेपाली लेखहरुमा स्तरीयतासँगै भाषाको समेत कमजोरी रहेको उल्लेख गर्दै मगरले यसको सुधारका लागि संवाहक लेखकहरुले ध्यान दिनुपर्ने बताए । 
 
उनले भने, ‘नेपाली संवाहकका लेखहरुमा भाषाको कमजोरी देखिन्छ । यसमा हामीले अगामी दिनहरुमा सुधार्दै जानुपर्छ । यसका लागि विषय विज्ञहरुले हेरेर मात्र हामीले अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्छ । यो संस्कारको विकास गर्नु आजको आवश्यकता छ ।’
 
विदेशी बजारमा पठाइने नेपाली संवाहकका लेखकहरुलाई सम्मानका साथै लेखकलाई पारिश्रमिकको प्रवन्ध गरेर लेखकलाई प्रोत्साहन गनुपर्नेमा उनको जोड थियो ।