सुनचाँदी मुल्य आज पनि घट्यो

चैत्र ०५,२०८०

-आस्था न्यूज

चैत ५, २०८० काठमाडौं । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेर कारोबार सुरु भएको जनाएको छ । हिजो आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।
 
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २४ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २३ हजार ९०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ थियो ।
 
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १५ सय २० रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ थियो ।