Trending :
 

आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा

चैत्र ०५,२०८०

-आस्था न्यूज

चैत ५, २०८० काठमाडौं । 
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस भएको छ । 
 
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त सम्झौता संसद्मा पेस गरेका हुन् । 
 
संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले, यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए । 
 
उनले भने,‘सौर्य उर्जा प्रविधिहरुको प्रयोगगरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आईएसएसँग सम्बन्धि करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेकाले यसको अनुमोदन गर्न संसदमा पेश गर्दछु ।’