पशु वीमा कम्पनीलाई ४८ करोड स्वीकृति

चैत्र ०५,२०८०

-आस्था न्यूज

चैत ५, २०८० काठमाडौं । 
सरकारले पशु वीमा कम्पनीलाई सहज बनाउन करिब पचास करोड रुपैंयाँ उपलव्ध गराउने गरी स्वीकृति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले वीमा कार्यलाई सहयोग गर्न यति बजेट उपलव्ध गराईएको जानकारी दिएकी छन् ।
 
सोमबार काठमाडौको प्रोलिफिक माध्यमिक विद्यालयमा आयोजित दुधपान कार्यक्रममा बोल्दै मन्त्री साहले पशु वीमा कम्पनी चलायमान बनाउन ४८ करोड स्वीकृति भएको बताईन् ।
 
दुध उत्पादन गरेअनुसार जुन खालको  बिक्री वितरण हुनुपर्नेमा त्यो हुन नसकेको भन्दै मन्त्री साहले बिक्री वितरण बढाउन आवश्यक रहेको बताईन् ।