टी-२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

चैत्र ०६,२०८०

-आस्था न्यूज

चैत ६, २०८० काठमाडौं । 
आयरल्याण्डविरुद्धको टी-२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी-२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । 
 
सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । आयरल्याण्ड भने १७.२ ओभरमा ९८ रनमा रोकिन पुग्यो । 
 
पहिला ब्याटिङ गर्दा अफगानिस्तानका इब्राहिम जर्दानले ७२ रनको नटआउट पारि खेले । उनले ५१ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए । यसैगरी मोहमद इसाकले २७ रन जोड्दा सेदुल्लाह अटलले १९ रन बनाए । आयरल्याण्डका सात खेलाडीले एक एक विकेट हात पारे ।
 
लक्ष्य पछ्याएको आयरल्याण्डको सुरुआत राम्रो भएन । लगातार विकट पतन हुँदा १७.२ ओभरमा आयरल्याण्डको पुरै टिम ९८ रनमा रोकियो । आयरल्याण्डका लागि कर्टिस काम्फरले सर्वाीधक २८ रन बनाउँदा ग्रेथ डेलेनीले २१ रन जोडेका थिए । 
 
हेरी टेक्टर १६ रनमा आउट हुँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ४ विकेट लिँद्या नभिन उल हकले तीन विकेट हात पारे ।