यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

चैत्र ०६,२०८०

-आस्था न्यूज

चैत ६, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
 
जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो ।
 
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ । सोमबार खरिद दर १४४ रुपैयाँ ७० पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो । 
 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो । 
 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ भने सोमबार रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको थियो ।