Trending :
 

महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

चैत्र ०६,२०८०

-आस्था न्यूज

चैत ६, २०८० काठमाडौं । 
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । 
 
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । 
 
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन् । त्यसहिसावले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।