अभिनयमा फर्कदै फरहान

चैत्र ०६,२०८०

-आस्था न्यूज

चैत ६, २०८० काठमाडौं । 
फरहान अख्तर बलिउडका उम्दा कलाकारमा चिनिन्छन्। अभिनयसँगै उनी निर्देशक, निर्माता, गायक र गीतकारका रुपमा पनि सक्रिय छन् । ‘दिल चाहता हे’, ‘डन’ जस्ता फिल्म निर्देशन गरिसकेका फरहान चाँडै दर्शकमाझ अभिनेताका रुपमा कमव्याक गर्दैछन् ।
 
फिल्म ‘तूफान’ पछि फरहान नयाँ फिल्मको तयारीमा छन् । उनी यही जुलाईबाट सुटिङ सुरु गर्दैछन् । यसपटक उनले अभिनयलाई अझ सशक्त बनाउने तयारीका साथ काममा जुटिसकेका छन् ।
 
फरहानले अभिनय गरेका ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘भाग मिल्खा भाग’ जस्ता हिट फिल्म अझै पनि दर्शकले सम्झिरहेका छन् । उनी अभिनयका अलावा ‘डन ३’को निर्देशनको तयारीमा पनि छन् । यो फिल्ममा रणवीर सिंह प्रमुख भूमिकामा छन् ।