सानिमा बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

चैत्र ०६,२०८०

-आस्था न्यूज

चैत ६, २०८० काठमाडौं । 
सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण भएको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  
 
यो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर ख्िरद गर्न चाहने इच्छुक बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  
 
तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ ।