Trending :
 

दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

चैत्र ०७,२०८०

-आस्था न्युज

चैत ७, २०८० काठमाडौं ।
धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । 
 
मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए । 
 
तिमिल्सिना खुलातर्फ वडा सदस्य निर्वाचित थिए ।