सुनको भाउ एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर रेकर्ड कायम

चैत्र ०८,२०८०

-आस्था न्युज

चैत ८, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ । 
 
छापावाला सुन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ। 
 
चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ ।