मौसमः मध्य र पूर्वी नेपालमा वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
आज पनि देशका मध्य र पूर्वी भागमा दिनभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिनयता मध्य र पूर्वी नेपालमा वर्षा भइरहेको छ ।
 
आइतबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली हुने विभागले जनाएको छ । ती क्षेत्रमा अझै एक सातासम्म चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । 
 
आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपात समेत पर्न सक्ने विभागले जनाएको छ ।