Trending :
 

पञ्जावसँग दिल्ली क्यापिटल्स ४ विकेटले पराजित

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले विजयी सुरुआत गरेको छ । शनिबार डबल डेगर अन्तर्गतको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्न सफल भयो ।
 
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
 
दिल्लीका लागि साइ होपमले २५ बलमा ३३ रन बनाउँदा अभिषेक पटेलले १० बलमा ३२ रनको धुवाँधार नटआउट पारि खेले । यसैगरी डेभिड वार्नर २९ रनमा आउट हुँदा मिचेल मार्सले २० रन जोडेका थिए । 
 
त्यस्तै दुर्घटनामा परेको १५ महिनापछि पहिलो पटक आइपीएलमा कमब्याक गरेका दिल्लीका कप्तान ऋषभ पन्तले  १३ बलमा १८ रन बनाएका थिए । अक्षर पटेलले २१ रन बनाएका थिए ।
 पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरको नाउँमा एक एक विकेट रह्यो ।
 
१७५ रनको जवाफी लक्ष्य पछ्याउँदै पञ्जावलाई जिताउन साम कुरानले ४७ बल खेल्दै सर्वाधिक ६३ रन बनाए । अन्त्यमा लियाम लिभिङस्टोनले २१ बलमा नटआउट ३८ रनको पारि खेले ।  
 
पञ्जावका  प्रभिसिमरन सिंहले १७ बलमा २६ तथा कप्तान शिखर धवनले १६ बलमा २२ रन बनाए । दिल्लीका खलिल अहमद र कुलदीप यादवले दुई दुई विकेट लिँदा इशान्त शर्माले एक विकेट हात पारे ।